प्रिमियर लिगमा आर्सनलको जित, सिटी, लिभरपुल र युनाइटेड पराजित

 असोज १४, २०८० आइतबार ७:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नमाउथलाई हराएको छ । हिजो भएको खेलमा आर्सनलले बर्नमाउथलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।

आर्सनलका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, काइ हाभर्टजले र बेन ह्वाइटले समान एक/एक गोल गरे । जितसँगै आर्सनलको ७ खेलमा १७ अङ्क भएको छ । आर्सनल अङ्कतालिकाको तेस्रो स्थानमा छ ।

अर्को खेलमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी उल्भ्ससँग २–१ गोलले पराजित भएको छ । प्रिमियर लिगमा यो सिजन सिटीको पहिलो हार हो । सिटी ७ खेलमा १८ अङ्ककासाथ शीर्षस्थानमा यथावत् छ । 

त्यस्तै, म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग १–० गोलको हार व्यहोरेको छ । क्रिस्टल प्यालेसका ह्वाकिम एन्डरसनले गरेको गोल नै निर्णायक भयो । त्यस्तै, गएराति भएको खेलमा टोटनहमले लिभरपुललाई हराएको छ । लिभरपुल २–१ गोलले पराजित हुँदै शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ ।

७ खेलमा १६ अङ्क रहेको लिभरपुल चौथो स्थानमा छ । अरु खेलमा एस्टनभिल्लाले ब्राइटनलाई ६–१ गोलले, न्युक्यासलले बर्नलीलाई २–० गोलले, वेस्ट ह्यामले सेफिल्ड युनाइटेडलाई पनि २–० गोलले र लुटन टाउनले एभर्टनलाई २–१ गोलले हराएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया