बझाङमा बाल श्रमिककोे संख्या बढ्दाे

 कात्तिक १७, २०७५ शनिबार १४:४६:४८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - पछिल्लो समय बझाङमा बाल श्रमिककोे संख्या बढ्दै गएको छ । 

आर्थिक, विपन्नताका कारणले समस्यामा परेका बालबालिका दैनिक गुजारा चलाउन होटेल रेस्टुरेन्ट, यातायात लगायतको क्षेत्रमा बाल श्रमिकका रूपमा काम गर्दै आएका छन् । 

बझाङ सदरमुकाम चैनपुर बजारमा मात्रै कम्तिमा १० जना बाल मजदूरको रुपमा कार्यरत छन् ।  जिल्ला सदरमुकाम चैनपुर, तमैल, झोता, बाथला लगायतका ठाँउमा बालबालिका बालश्रमिकको रुपमा कार्यरत छन् । 

विद्यालय उमेरका बालबालिकाहरु भाँडा माझ्ने तथा होटल सफा गर्ने र खाना पकाउने जस्ता काममा प्रत्यक्ष रुपमा संलग्न भएको रहेका छन्् । 

केही बालश्रमिकले मालिकबाट सामान्य परिश्रम पाए पनि धेरैजसोले  खाना खान दिएको भरमा नै बालबालिकाहरुलाई रेष्टुरेन्ट,  बार, होटेलमा काम लगाउने गरेको बालकहरु बताउँछन् । 

घरेलु श्रमिकको रुपमा काम गर्ने र  बालबालिकाहरुमा अभिभावक गुमाएका, .बचैमा विद्यालय छाडेका र आर्थिक अवस्था कमजोर भएका परिवारका १८ वर्ष मुनिका बालबालिका बढी जस्तो होटेल, रेष्टुरेन्टर र सवारी साधनमा काम गर्ने गरेका छन् । 

जिल्लाका ठूलादेखि साना होटल तथा यातायात क्षेत्रमा खुलेआम बाल श्रम भइरहँदा पनि सम्बन्धित निकाय मौन रहेको स्थानीय समाजसेवीहरु बताउँछन् ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूले बालश्रम न्यूनीकरणका लागि ठूलो मात्रामा लगानी गरे पनि यो लगानी बालुवामा पानी हाले सरह भएको जिल्लाका जानकारहरुको भनाई छ ।

बालबालिकालाई शारीरिक र मानसिक असर पर्ने गरी दबाबमा कुनै पनि काम लगाउनु हुँदैन । 

नेपालको  संविधान २०७२ को धारा ३९ को उपधारा ४  अनुसार कुनै पनि बालबालिकालाई कलकारखाना,खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने भन्ने कुरा उल्लेख छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया