शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरेका छाैँ : शिक्षामन्त्री राई

 असोज १४, २०८० आइतबार १६:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने कुरा विधेयकमा समावेश गरिएको बताउनुभएको छ ।

आज आइतवार प्रतिनिधिसभामा ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गर्दै मन्त्री राईले विधेयकमार्फत शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको बताउनुभएको हो । उहाँले मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा भए पनि आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्न नहुनेमा सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालयको सम्पत्ति सुरक्षित हुनुपर्छ । त्यसको दुरुपयोग हुनु हुँदैन भन्ने कुरामा पनि विधेयकमा प्रस्ताव अगाडि सारिएको छ । शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्नु हुँदैन । शिक्षाको गुणस्तरलाई प्रभावित पार्नु हुँदैन । शिक्षकहरूले कुनै पार्टीकाे सदस्यता लिएर कसैका विरुद्धमा कसैका लागि भोट माग्ने काम गर्नु हुँदैन भन्ने कुरा पनि विधेयकमा राखिएकाे छ । ट्रेड युनियन अधिकारअन्तर्गत आफ्नो पेसागत हक हितका निम्ति शिक्षकहरूले सङ्गठित हुन पाउने शिक्षक महासङ्घको व्यवस्था गरिएको छ । त्यस हिसाबले शिक्षकहरूको पेसागत उन्नयन र उनीहरूको पेसागत हक अधिकार र कर्तव्यलाई सुनिश्चित गर्ने गरी यो विधेयक प्रस्ताव गरिएको छ ।’

शिक्षामन्त्री राईले पाठ्यक्रम विकासका सम्बन्धमा पाठ्यपुस्तक तर्जुमा गर्नुपर्ने सन्दर्भमा पनि अहिलेको समसामयिक परिवर्तनलाई समेत आत्मसात् गरेको पाठ्यपुस्तक तयार गर्नुपर्नेतर्फ विधेयकको ध्यान गएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया