सन् २०३० को विश्व कप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा गर्ने

 असोज १८, २०८० बिहिबार ९:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सन् २०३० को विश्व कप फुटबल तीन वटा देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

फिफाले सन् २०३० को विश्व कप तीन वटा महादेशका तीन देशमा हुने जनाएको हाे । त्यसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्नेछन् ।

साथै विश्वकपका तीन उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् । यो निर्णयलाई अर्को वर्ष हुने फिफा कङ्ग्रेसले अनुमोदन गर्नेछ । उरुग्वेले सन् १९३० मा पहिलो पटक विश्वकप आयोजना गरेको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया