विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी शुरुवात, नेदरल्यान्ड्स ८१ रनले पराजित

 असोज २०, २०८० शनिबार ६:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हराउँदै विजयी शुरुवात गरेको हो ।

जितका लागि २ सय ८७ रनको  लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २ सय ५ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका बास डि लिडले सर्वाधिक ६७ र विक्रमजित सिंहले ५२ रन बनाए । लोगन भान विक २८ रनमा अविजित रहे । उसका अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ३ विकेट लिए । हसन अलीले २ तथा शाहिन शाह अफ्रिदी, इफ्तिखर अहमद, मोहम्मद नवाज र शादब खानले समान एक विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अल आउट भएको थियो । पाकिस्तानका मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रन जोडे।नेदरल्यान्ड्सका बास डी लिडले ४ विकेट तथा कोलिन एकरम्यानले २ विकेट लिए ।

अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ग्ल्यान्डलाई ९ विकेटले हराएको थियो । विश्वकपमा आज दुई खेल हुँदैछन् । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ । त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया