सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैशी

 असोज २५, २०८० बिहिबार ११:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन हुनुभएको छ।

निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो । उपाध्यक्ष पदमा हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी सर्वसम्मत हुनुभएको हो।

यस्तै, महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत हुनुभएको हो । यसअघि एमालेले लुम्बिनी, बाग्मती, कर्णाली, कोशी र गण्डकी प्रदेशमा पनि सहमतिको प्रयास गरे पनि सफल हुनसकेको थिएन । यी प्रदेशमा मतदानबाट नेतृत्वको टुङ्गो लागेको थियो।

काठमाण्डौ उपत्यका विशेष प्रदेश कमिटीको पदाधिकारी भने सर्वसम्मत चयन भएका थिए।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया