टालटुले तरिकाबाट अर्थतन्त्रमा देखिएका समस्या समाधान हुन सक्दैनन् : प्रधानमन्त्री प्रचण्ड

 असोज २५, २०८० बिहिबार १३:२४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न 'बोल्ड डिसिजन' को आवश्यकता रहेको बताउनुभएको छ । 

बिहीवार आज काठमाण्डाैमा नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति, प्रक्रिया र विधि, बजेट निर्माणको प्रक्रियामा गम्भीर आत्मसमीक्षा गर्दै नीतिमा 'बोल्ड डिसिजन' आवश्यक रहेको बताउनु भयो ।

उहाँले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा मुख्य प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउनु भयो । उहाँले टालटुले तरिकाबाट अहिले अर्थतन्त्रमा देखिएका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नरहेको बताउनु भयो । उहाँले अझै पनि अर्थतन्त्रको मुख्य समस्या समाधान हुन नसकेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधारका कोसिस गरे पनि अर्थतन्त्र कतै न कतै समस्याग्रस्त रहेको बताउनु भयाे । उहाँले केही कुरामा गम्भीर रुपले समीक्षा नगर्ने र 'बोल्ड डिसिजन' लिनेतिर अघि नबढ्ने हो भने झनै अफ्ठ्यारोमा जानसक्ने खतरा रहेको बताउनु भयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया