विश्वकप छनाेट : अञ्जनकाे कीर्तिमानी गाेलमा नेपाल हारबाट जाेगियाे

 असोज २५, २०८० बिहिबार १९:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओससँग १–१ गाेलकाे बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि खेलकाे ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गाेल गरे । पहिलाे हाफमा लाओस १–० ले अघि रह्याे ।

खेलकाे दाेस्राे हाफकाे ४९ मिनेटमा नेपालले बराबरी गाेल फर्कायाे । नेपालका लागि अञ्जन विष्टले गाेल गरे । याे गाेलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गाेलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनकाे याे १३ औँ अन्तर्राष्ट्रिय गाेल हाे । नेपालबाट हरि खड्का र निराजन रायमाझीकाे पनि अन्तर्राष्ट्रिय गाेलकाे सङ्ख्या १३ छ । आफ्नो ५८ औँ खेलमा सर्वाधिक गाेलकाे कीर्तिमानी बराबरी गरेका अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँग खेल्दै राष्ट्रिय टाेलीबाट डेब्यु गरेका थिए ।

नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुनेछ । दुई खेलमा अघि रहने टोली विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया