१ सय २८ वर्षपछि क्रिकेट ओलम्पिकमा फर्कियाे

 असोज २९, २०८० सोमबार १७:२४:५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सन् २०२८ मा अमेरिकाकाे लस एन्जल्समा हुने ओलम्पिक खेलमा क्रिकेट पनि समावेश हुने भएकाे छ ।

इन्टरनेशनल ओलम्पिक कमिटी (आईओसी) ले साेमवार क्रिकेटसहित अन्य ४ वटा खेललाई २०२८ काे ‌ओलम्पिकमा समावेश गर्ने निर्णय गरेकाे हाे । 

ओलम्पिकमा क्रिकेट प्रतियाेगिता टी–२० फर्म्याटमा हुनेछ । भर्खरै चीनमा भएकाे एसियाली खेलकुदमा पनि क्रिकेट समावेश गरिएकाे थियाे । 

निकै लामाे समयदेखि क्रिकेटलाई पनि ओलम्पिकमा समावेश गराउन आवाज उठ्दै आएकाे थियाे । २०२८ काे ओलम्पिकमा क्रिकेटसहित बेसबल, फल्याग फुटबल, सिक्सेज र स्क्वास पनि समावेश गरिएकाे छ । 

ओलम्पिकमा क्रिकेट १ सय २८ वर्षपछि फेरि फर्किएकाे हाे । यसअघि सन् १९०० मा ओलम्पिकमा क्रिकेट खेलाइएकाे थियाे ।

आईओसीकाे याे निर्णयलाई लिएर भारतीय क्रिकेटर सूर्यकुमार यादवले खुशी व्यक्त गरेका छन् । विश्व मञ्चमा देशकाे प्रतिनिधित्व गर्ने फेरि अर्काे माैका आएकाे उनले ट्विटरमा लेखेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया