तास खेल्दै गरेकाे अवस्थामा नेकपाका नेतासहित तीनजना पक्राउ

 कात्तिक १८, २०७५ आइतबार १७:८:४५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले तास खेल्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको छ ।

सुराकीको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले शनिबार राति मन्थली बजारको रामबहादुर पुरीको घरबाट तास खेल्दै गरेको अवस्थामा तत्कालीन एमाले पार्टीका क्षेत्र नम्बर–२ का अध्यक्ष पे्रम तामाङ, घरबेटी रामबहादुर पुरी, खाँडादेवी गाउँपालिका ८ का ३३ वर्षीय रमेश तामाङलाई पक्राउ गरेको हो ।

सर्वपक्षीय बैठक र सार्वजनिक सूचनामार्फत जुवा तास नखेल्न र नखेलाउन अनुरोध गर्दै आएको प्रहरीले खेलेर र खेलाएको पाइए जो कोहीलाई पनि कारबाहीको दायरमा ल्याउने बताएको  थियो । 

नजिकिँदै गरेको दिपावलीको संघारमा मन्थलीको मुख्य बजारमा नै तास खेल्दै गरेका तीनजनालाई नगद ३२ हजार रुपैयाँ र ४ वटा मोबाइल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए । 

चाडबाडको समयमा जुवा र तासको खेल र मदिराको सेवनले व्यक्तिगत सम्पत्ती नष्ट हुनुको साथै सामाजिक सुरक्षामा समेत खलल पुग्नसक्ने भन्दै प्रहरीले गएको दसंै अघि देखि नै जुवा, तास र मदिरा विरोधी अभियान सञ्चालन गर्दै आएको छ । 

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत मन्थलीबाट कानुन अनुसार आइतबार दश दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको पनि प्रहरी निरिक्षक थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया