दल त्याग गरेपछि रौतहटको मौलापुर नगरपालिकाकी मेयर साहको पद रिक्त

 असोज ३०, २०८० मंगलबार १२:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले सूचना निकालेर आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा गएको कारण मेयर रीना कुमारी साहको पद रिक्त भएको जानकारी गराएको हो ।

एमालेबाट निर्वाचित मेयर साह अरु दलमा प्रवेश गरेको भनी एमालेले गरेको निर्णयअनुसार दल त्याग सम्बन्धी ऐन बमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

२०७९ वैशाखमा भएको चुनावमा एमालेबाट निर्वाचित भएकी साह आमजनता पार्टीमा प्रवेश गर्नुभएको छ । आम जनता पार्टी एमाले छाडेका रीना साहकै पति प्रभु साहले गठन गर्नुभएको दल हो ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया