एसीसी प्रिमियर कप : साउदी अरबलाई नेपालले दियो ३४८ रनको विशाल लक्ष्य

 कात्तिक २, २०८० बिहिबार ११:४७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्जुन कुमालको शानदार शतकसँगै नेपालले १९ वर्ष मुनिको एसीसी प्रिमियर कपमा साउदी अरबलाई ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो । नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय पारी खेले।

यस्तै, आकाश त्रिपाठीले ८९ रन बनाए । दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४, दिपेश कडेल र दिपकप्रसाद डुम्रेले १४–१४ रन बनाए भने मिलन बोहराले ९ रन जोडे । साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले दुई–दुई विकेट लिए भने अब्दुल्लाह शिराज, जुहैर मोहम्मद र शजिव मुजिबुर रहमानले एक एक विकेट लिए ।

आजको खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ । समूह चरणको दुई खेलमा नेपालको प्रर्दशन शानदार छ । पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया