शेयर बजार ४ अङ्कले घट्यो, ९७ करोड रुपैयाँको कारोबार

 कात्तिक २, २०८० बिहिबार १५:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ बिदाअघिको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । हिजो बुधवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय तीन दशमलव ८४ विन्दुमा झरेको छ ।

आज सबैभन्दा धेरै अपर सोलु जलविद्युत् कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटिजन्स म्युचुअल फन्ड–२ को शेयर भने झन्डै छ प्रतिशतले बढेको छ ।

आज ३७ लाख ६६ हजार कित्ता शेयर ९७ करोड छ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नबिल बैंकको प्रमोटर शेयर पाँच करोड ९० लाख र प्रभु बैंकको प्रमोटर शेयर पाँच करोड १५ लाख रुपैयाँमा किनबेच भएको छ ।

भोलि शुक्रवार र पर्सिदेखि दशैँ बिदा शुरु हुने भएकाले शेयर बजार अब आउँदो १२ गतेमात्रै खुल्नेछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया