अन्तरराष्ट्रिय टी - ट्वाण्टीमा भारतमाथि हावी रहँदै अाएकाे वेष्ट इण्डिजले इतिहास कायम राख्ला ?

 कात्तिक १८, २०७५ आइतबार १९:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको कोलकातामा अहिले साँझ नेपाली समयअनुसार ७ १५ बजे सु्रु भएकाे छ । जसमा भारतले टस जितेर फिल्डिङ राेजेकाे छ ।

यसअघि यी दुइ टिमबीच ३ टेष्ट र ५ एक दिवसीय श्रृंखला सम्पन्न भइसकेको छ । टेष्ट श्रृंखला भारतले २–० ले जित्यो भने ५ एकदिवसीय श्रृंखला पनि भारतले ३–१ ले आफ्नो पोल्टामा पार्यो ।

३ टी–२० श्रृंखलामा पनि भारत यसरी नै हावी हुन्छ वा वेष्ट इण्डिजले घरेलु टोलीलाई घुँडा टेकाउँछ त्यो हेर्न बाँकी नै छ ।

टेस्ट र एक दिवसीयमा भारत अब्बल रहे पनि अन्तरराष्ट्रिय टी–२० प्रतियोगिताको इतिहास हेर्दा वेष्ट इण्डिज बलियो रहँदै आएको छ । 

भारत र वेष्ट इण्डिजबीचको पछिल्ला ४ टी–२० प्रतिस्पर्धामा ३ वटा वेष्ट इण्डिज भारतमाथि हावी देखिएको छ भने एउटामा मात्र भारतले जितेकाे छ।

- २०१७ जुलाईमा जमैकाको किंग्सटनमा भएका अन्तरराष्ट्रिय टी–२० प्रतियोगितमा वेष्ट इण्डिजले भारतलाई ९ विकेटले हराएकाे ।

- २०१६ अगष्टमा अमेरिकामा भएको वेष्ट इण्डिज र भारतबीचको अन्तरराष्ट्रिय टी–२० श्रृंखलाको पहिलो खेल वेष्ट इण्डिजले भारतलाई १ विकेटले हराएको र दोस्रो खेल नतिजारहित भएको ।

- २०१६ को विश्व अन्तरराष्ट्रिय टी–२० प्रतियोगिताको सेमिफाइनलमा वेष्ट इण्डिजले भारतलाई ७ विकेटले हराएको । त्यसै प्रतियोगितको फाइनलमा इंग्ल्याण्डलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

- २०११ को अन्तरराष्ट्रिय टी–२० प्रतियोगितामा भारतले वेष्ट इण्डिजलाई १६ रनले हराएको ।

राम्रो लयमा रहेका कप्तान विराट कोहलीले विश्राम लिएको, राम्रो रणनीति भएका पूर्व कप्तान तथा विकेटकीपर धोनीलाई टिममै नपारिएको र वेष्ट इण्डिजको घरेलु क्यारेबियन लिगमा सनसनी मच्चाएका युवा खेलाडीहरु समावेश भएकाले वेष्ट इण्डिजले भारतलाई अन्तरराष्ट्रिय टी–२० श्रृंखलामा भने राम्रै टक्कर दिने देखिन्छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया