पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

 कात्तिक ८, २०८० बुधबार ७:४५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - आज पश्चिमी क्षेत्रमा उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने आज सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । केही पहाडी क्षेत्रमा बिहान मौसम बदली भए पनि खुल्दै जाने उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । यसपालिको दशैँमा टीका लगाउन जाने आउनेलाई पनि मौसमले साथ दिएको छ । तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्  । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया