अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा अत्याधुनिक सेवासहितको अस्पताल खुल्यो

 कात्तिक ८, २०८० बुधबार ११:६:५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - विकट भनेर चिनिने अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ शान्ति बगैँचाको मुनिपट्टि अत्याधुनिक सेवासहितको २४ शय्याको अस्पताल खुलेको छ ।

सन्धिखर्कमै अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालनमा आएपछि बिरामी भएर उपचारकालागि बुटवल तथा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।  

सामान्य रोगका बिरामीहरुको लागि पनि उपचारकालागि अर्घाखाँची बाहिर जानु पर्ने अवस्था भएपछि विकट मानिने अर्घाखाँचीमा छायाँ हस्पिटल प्रालि सञ्चालन गरिएको अस्पतालका फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर प्रदीपजंग केसीले बताउनुभयो ।

अर्घाखाँची जिल्लामा शल्यक्रियाको सुविधासहितको अस्पताल नभएका कारण आफूहरुले अस्पताल सञ्चालनमा ल्याएको केसीको भनाइ छ । अस्पतालमा  फिजिसियन सेवा, मुटु रोग सेवा, महिला तथा प्रसूति रोग सेवा, स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवासहितका सेवाहरु रहेका छन् । अस्पताल खुलेपछि सामान्य रोग लाग्दा पनि उपचारका लागि बुटवल, पाल्पा, चितवन, काठमाण्डौलगायतका ठाउँमा जानु पर्ने बाध्यता हटेको छ ।

जटिल प्रकारका सुत्केरीको शल्यक्रिया समेत भइरहेको अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नीता श्रेष्ठले बताउनुभयो  । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया