तत्काल मन्त्रीमण्डण्डल पुनर्गठन हुँदैन : अध्यक्ष दाहाल

 कात्तिक १९, २०७५ सोमबार ११:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रीमण्डल पुनर्गठन नहुने बताउनुभएको छ । नेकपाले विराटनगरमा गरेको चियापान कार्यक्रममा उहाँले तत्काल मन्त्रीपरिषद हेरफेर नहुने तर सरकारको कामको गति भने बढ्ने बताउनुभयो । 

अहिले पार्टी र सरकार लोकप्रियता खोज्ने खालका काम भन्दा पनि सम्बृद्धिका पूर्वाधार तयार पार्ने खालका काममा लागेको उहाँको दावी छ । सरकारले अहिलेसम्म केही गरेन भन्ने जस्तो देखिए पनि अबको केही समयमै सरकारको कामको गति बढाउने उहाँले दोहोर्‍याउनुभयो ।

अध्यक्ष प्रचण्डले भविष्यमा आउन सक्ने समस्यालाई पनि समाधान गर्ने गरी पार्टी एकताको काम अघि बढिरहेको पनि बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया