पहाडी भूभागका केही ठाउँमा वर्षा र हिमाली भूभागमा सामान्य हिमपातको सम्भावना

 कात्तिक ११, २०८० शनिबार ७:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अहिले नेपालको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम सफा रहेको छ । पश्चिमी भूभागमा रहेको पश्चिमी वायुको आंशिक प्रभावको कारण पहाडी भूभागमा केही बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाले आउँदो तीन दिनसम्म नै मौसम सामान्यतया सफा रहने जानकारी गराएको छ। 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया