बर्दियाको मैनापोखरमा गोली प्रहारबाट एकजनाकाे हत्या, प्रहरी भन्छ – पुष्टि भएकाे छैन

 कात्तिक १९, २०७५ सोमबार १२:७:० | भावुक योगी
unn.prixa.net

बर्दिया – बढैयाताल गाउँपालिकाको मैनापोखरमा एकजनाकाे गाेली हानी हत्या भएको आशंका गरिएको छ ।

बढैयाताल गाउँपालिका–३ गोवरियापुर गाउँका ३५ वर्षिय मोहन खटिकको पेटमा गोली लागेको जस्तो देखिएपछि उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

राँगा व्यापारीसमेत रहेका मृतक खटिकको गोली प्रहारबाट हत्या गरिएको भनिए पनि पुष्टि हुन सकेको छैन । राति दुईबजेतिर गोली प्रहार भएको जनाइए पनि गोली प्रहारबाट हो, होइन मेडिकल तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने भएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।

तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिरहेको र सोधपुछका लागि चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे उपरीक्षक मैनालीले बताउनुभयो । मृतकको शव मोष्टमार्टमका लागि पठाइएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया