आज पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै

 कात्तिक १२, २०८० आइतबार ७:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अहिले मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा केही बादल लागेको छ । काठमाण्डौ उपत्यकासहित बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पश्चिमी पहाडका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा बादल लाग्ने सम्भावना रहेको छ ।

पहाडी क्षेत्रको केही ठाउँमा सामान्य वर्षा समेत हुने महाशाखाले जनाएको छ । अझै केही दिन डम्म बादल लाग्ने तथा पानी पर्ने सम्भावना कम रहेको छ । यसैबीच उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै गएको छ । अघिल्लो हप्तादेखि नै हिउँ पर्ने क्रम शुरु भएकोमा उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै गएको हो ।

आज पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिउँ पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया