सरर कलंकी–कोटेश्वर

 कात्तिक १९, २०७५ सोमबार १५:५८:१६ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको कलंकी–कोटेश्वर सडकमा पुग्दा कुनै विकसित देशमा पुगेको आभाष हुन्छ । 

चिल्लो र फराकिलो सडक । सडक जाम नहोस् भनेर बनाइएको अण्डरपास । व्यवस्थित ढल र नाला । सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप । 
चक्रपथको कलंकी–कोटेश्वर ८ लेनको सडकखण्ड हो यो । 

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सडक निर्माण भएको हो । सडक बनाउने क्रममा यो सडकमा हिँड्नेहरु धुलो उडेर हैरान बनेका थिए । तर अहिले कुनै विदेशी भूमिमा पुगेको आभाष हुन्छ । 

चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले २०७१ सालमा यो सडक विस्तार सुरु गरेको थियो । सुरुमा २०७४ भित्र सडक बनाइसक्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दीलगायत विभिन्न समस्याका कारण झण्डै दुई वर्ष ढिलो गरी सडक निर्माण भएको हो ।  

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिएको हो । सडकमा बनाउनुपर्ने पुल तथा कलंकीको अण्डरपास सबैको काम सकिसकेको छ ।  

 

तस्बिर : विकास गाेले

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया