लिखु हाइड्रोपावरमा कार्यरत एक मजदुरको पर्खालबाट लडेर ज्यान गयो

 कात्तिक १७, २०८० शुक्रबार १२:२८:४० | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापकाे लिखु हाइड्रोपावरमा कार्यरत एक मजदुरको पर्खालबाट लडेर ज्यान गएको छ । बिहीवार काम गर्ने क्रममा पर्खालबाट लड्दा रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ चुचुरे सामुडाँडाका ३० वर्षीय कैलाश कार्कीको ज्यान गएको हो ।

काम गर्नेक्रममा ड्यामको गेटको पर्खालबाट झन्डै २० मिटर तल खस्नुभएका कार्कीलाई तत्काल घटनास्थलबाट उद्धार गरी उपचारका लागि सोलुखुम्बुकाे किज्याङ अस्पतालमा भर्ना गरिएको थियो । उहाँको किज्याङ  अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रामेछापको सदरमुकाम मन्थलीतर्फ ल्याउने क्रममा बिहीवार राति बाटोमै  ज्यान गएको हो । 

घटनापछि मृतक कार्कीका आफन्तले बीच बाटोबाटै शव फर्काएर हाइड्रोपावरको गेटमा शव राखेर आन्दोलनमा उत्रिएका छन् । आफन्तहरुले मृतकको परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने र परिवारका सदस्यलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिनुभयाे ।

उहाँले आन्दोलनरत पक्ष र हाइड्रोपावरबीच सहमतिपछि शवकाे पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइने बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया