भूकम्प प्रभावित क्षेत्रमा मौसम सफा : उद्धार र उडानमा समस्या नहुने

 कात्तिक १८, २०८० शनिबार ७:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : मन्त्री सुदन किरातीकाे फेसबुक

काठमाण्डाै - भूकम्प प्रभावित क्षेत्रमा अहिलेको मौसम सफा छ । हिजो र अस्तिको तुलनामा आज कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा मौसम सफा छ ।

यसले भूकम्प प्रभावित क्षेत्रमा हुने उद्धार र उडानमा कुनै समस्या नहुने मौसमविद्ले बताएका छन् । जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पले क्षति गरेको जाजरकोटसहितका जिल्लामा उद्धारका काम भइरहेका छन् ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार पश्चिम क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा हिजो/अस्ति हल्का हिमपात र वर्षा भएको थियो तर आज मौसम सफा नै छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज पूर्वी पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । ती क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि छ । साथै देशको उच्च पहाडी तथा हिमाली भागमा थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी अरु ठाउँमा मौसम सामान्यतया सफा नै रहनेछ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया