रियल मड्रिड तथा टोटनह्यामका पूर्व मिडफिल्डर भ्यान डर भार्टले लिए सन्यास

 कात्तिक २०, २०७५ मंगलबार ८:१९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिड तथा टोटनह्यामका पूर्व मिडफिल्डर राफेल भ्यान डर भार्टले सन्यास लिएका छन् ।

सन् २०१० को विश्वकपमा नेदरल्याण्ड्स उपविजेता बन्दा टोलीमा रहेका भ्यान डर भार्टले १८ वर्षे खेलाडी करियरबाट आराम लिने निर्णय गरेका हुन् । 

३५ वर्षीय भार्टले १७ वर्षको उमेरमा घरेलु क्लब आयाक्सबाट ब्यवसायिक फुटबल करियर सुरु गरेका थिए । पाँच वर्षे आयाक्स करियरमा उनले ११७ खेलमा ५२ गोल गर्दै नेदरल्याण्ड्सको शीर्ष डिभिजन लिग दुई पटक जिताएका थिए ।

त्यसपछि तीन वर्ष जर्मनीको ह्याम्बर्गरमा बिताएका उनले ७४ खेलमा ३० गोल गरेका थिए । त्यसपछि दुई वर्ष स्पेनिस क्लब रियल मड्रिडमा उनले ५८ खेलमा ११ गोल गरेपछि उनी इंग्लिस क्लब टोटनह्याम पुगेका थिए । जहाँ उनल ६३ खेलमा २४ गोल गरे । 

यसै वर्ष डेनमार्कको इस्बर्ग फुटबल क्लबमा आवद्ध भएका भार्टले इन्ज्युरीका कारण तीन खेलभन्दा बढी खेल्न पाएनन् । ‘सबैभन्दा माया गरेको कुराबाट विदा लिने निर्णय निकै कठीन थियो, ’ ट्वीट गर्दै उनले लेखेका छन् ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया