शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली

 कात्तिक २०, २०७५ मंगलबार ८:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शेयर कारोबारमा आजदेखि अनलाइन प्रणाली सुरु हुँदैछ । अनलाइन प्रणाली लागू भएपछि शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हट्नेछ भने घर वा कार्यालयबाटै शेयरको किनबेच गर्न सकिनेछ ।

यसका लागि धितोपत्र दलाल अर्थात ब्रोकरको कार्यालयबाट कारोबार गर्न युजरनेम र पासवर्ड लिनुपर्छ । यसका लागि ब्यक्तिगत विवरणका साथै मोबाइल नम्बर र इमेल ठेगाना ब्रोकर कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्नेछ । त्यहि युजरनेम र पासवर्डका आधारमा जहाँबाट पनि शेयरको कारोबार गर्न सकिने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

अनलाइन प्रणाली लागू भएपछि शेयर कारोबारमा नागरिकको पहुँच बढ्नुका साथै शेयर कारोबारका लागि ब्रोकर कार्यालयमा जानै पर्ने बाध्यता हट्ने नेपाल स्टक एक्सचञ्जले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया