डोटीमा गाउँपालिकाले नै सञ्चालनमा ल्यायो सुपथ मूल्य पसल

 कात्तिक २०, २०७५ मंगलबार ९:२०:३२ | विमल बिष्ट
unn.prixa.net

डोटी – केआईसिंह गाउँपालिकाले तिहारको अवसरमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाभित्रै पाँच ठाउँमा सञ्चालन भएका सुपथ मूल्य पसलबाट  प्रति परिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मूल्यमा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अनुसार चिनी प्रतिकिलो ६० रुपैयाँ र नुन प्रतिकिलो ८ रुपैयाँमा स्थानीयलाई उपलब्ध गराइनेछ । केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भन्नुभयो ‘चाड पर्वको समयमा सर्वसाधारणले सस्तो मूल्यमा उपभोग्य वस्तु पाउन् भन्नका लागि हामीले सुपथ मूल्य पसल सञ्चालन गरेका हौं ।’  सुपथ मूल्य पसल पसल कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् । 

गाउँपालिकाले सुपथ मूल्य पसलका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकाभित्र रहेका चार हजार तीन सय परिवारलाई लक्षित गरी पसल सञ्चालनमा ल्याइएको छ । पसलहरु सञ्चालन गर्नका लागि स्थानीय सहकारी संस्थाहरुलाई जिम्मा दिइएको छ । गाउँपालिकाको वडा नं. १ र २ का लागि तिखात्तर, वडा नं. ३ का लागि बासुदेवी, वडा नं. ४ का लागि वायल, वडा नं. ५ का लागि रानागाउँ तथा वडा नं. ६ र ७ का लागि भूमिराजमाडौंमा पसल स्थापना गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । 

गाउँपालिकाले दुई सय १५ टन चिनी र एक सय २९ टन नुन खरिद गरी सहकारी संस्थाहरुलाई उपलव्ध गराएको छ । ती सहकारी संस्थाहरुले सुपथ मूल्य पसलबाट सामग्री बिक्री गरिदिए वापत प्रतिकिलो पाँच रुपैयाँ अनुदान पाउने गाउँपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया