अर्घाखाँचीमा २० रुपैयाँ नतिरेकाे निहुँमा ७२ वर्षीया वृद्धाकाे हत्या

 कात्तिक २३, २०८० बिहिबार १०:२३:३१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी  ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो ।

मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान-१, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उहाँको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताउनुभयो ।

गएको १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्र रुप लिदै जाँदा भुसाललाई उनले खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।


 

अन्तिम अपडेट: बैशाख १५, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया