नेपालमा पश्चिमी वायुको प्रभाव : मौसम धुम्म, भोलि हल्का वर्षा र हिमपातको अनुमान

 कात्तिक २४, २०८० शुक्रबार ७:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालमा पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । पश्चिमी वायुको प्रभावकै कारण काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्म भएको छ ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको असर धेरै पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम र कर्णालीका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ भने त्यहाँ वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार यी दुई प्रदेशमा भोलि पानी पर्ने अनुमान छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ ।  अन्य प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि हल्का वर्षाको अनुमान गरिएको छ। 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया