श्रीलङ्का क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

 कात्तिक २५, २०८० शनिबार ६:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको जनाएको छ ।

निलम्बनपछि आईसीसीले श्रीलङ्का क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काको सहभागिता के हुने भन्नेबारेमा उल्लेख गरिएको छैन ।

आईसीसी बोर्डको हिजो बसेको बैठकले श्रीलङ्का क्रिकेटले आफ्नो मामिलामा स्वायत्त रूपमा व्यवस्थापन गर्न र श्रीलङ्काको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नका लागि सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लङ्घन गरेको कुरा निर्धारण गरेको छ ।

विश्व कपमा भारतसँग हारपछि श्रीलङ्काका खेलकुद मन्त्री रोशन रानासिङ्घेले सोमवार श्रीलङ्का क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गर्नुभएको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया