काठमाडौंमा दश लाख मूल्य बराबरको पटाका नष्ट

 कात्तिक २१, २०७५ बुधबार १३:२४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ ।

तिहारका लागि भित्र्याइएको झण्डै १० लाख मूल्य बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार बिहान नष्ट गरिएको हो । ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्धारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई संचारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो ।

परिसरले पटाका बिक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही सुरु गरेको छ । परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै सञ्चालन गरेको छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको बिक्री वितरण गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । उहाँले पटका पड्काउने तथा बिक्री वितरण गरेको पाइए प्रहरीलाई सूचना दिन पनि सबैलाई आह्वान गर्नुभयो ।

नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघि नै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । परिसरका प्रमुख लामाले तिहारमा पड्काउने र त्यसबाट ठूलो धनजनको क्षति हुने देखिएपछि पट्काको विक्रीवितरणमा समेत कडा निगरानी राख्नु परेको पनि स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया