प्यूठानमा वडाध्यक्षले कुटे शिक्षक

 कात्तिक २१, २०७५ बुधबार १४:५:५५ | उज्यालो सहकर्मी

प्यूठान – प्यूठानका  एक वडाध्यक्षले शिक्षकलाई कुटेका छन् । 

झिमरुक गाउँपालिका वडा नम्बर –८,    का वडाध्यक्ष  तुलस बस्नेतले स्थानीय शिक्षक सिद्धिमान एमसीलाई कुटेका हुन् । 

विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा सामान्य भनाभन भइरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीले जानकारी दिएका छन् ।

शिक्षक एमसी जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा विगत चारवर्षदेखि प्रावि तहमा कार्यरत रहदै आएका छन् । उनले मंगलबार प्यूठान अस्पताल बिजुवार पुगेर आफ्नो उपचार गराएका छन् । टाउकोमा पाँचवटा टाँका लगाइएको एमसीलाई डाक्टरले एक सातासम्म आराप गर्न सल्लाह दिएका छन् । 

झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा सोधपुछ गर्ने बताएका छन् ।
 

अन्तिम अपडेट: भदौ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया