इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्बियो

 मंसिर १४, २०८० बिहिबार १३:२९:३१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम थप एक दिन लम्बिएको छ ।

इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविराम कायम रहने बताएको बीबीसीले जनाएको छ । यो सहमति भएसँगै अब युद्धविराम सातौँ दिनमा पनि लागू हुनेछ ।

हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएकाे शुक्रवारदेखि लागू भएको छ । यो युद्धविरामको आज छैटौँ दिन हो । जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ । हमासले एक जना बन्धक रिहाइ गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति भएको थियो ।

युद्धविराम शुरु भएपछि सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया