हमासले थप ८ जना बन्धक रिहा गर्‍याे, इजरायली जेलबाट ३० प्यालेस्टिनी छुटे

 मंसिर १५, २०८० शुक्रबार ९:६:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमासबीच भएको युद्धविरामको सातौँ दिन गाजाबाट थप आठ जना इजरायली बन्धक मुक्त भएका छन् । अस्ति बुधवार दुई र सातौँ दिन हिजो बिहीवार आठसहित हमासले १० जनालाई रिहा गरेको छ । इजरायलले बदलामा थप ३० प्यालेस्टिनी बन्दीलाई जेलबाट रिहा गरेकाे जनाएको छ ।

हमासले एक जना बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति थियो । हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएको शुक्रवारदेखि लागू भएको हो । इजरायल र हमासबीच हिजो एक दिनका लागि युद्धविराम थपिएको थियो । यो अवधि सकिएसँगै फेरि विस्तार गर्ने या नगर्ने अन्योल छ । तर युद्धविराम थप गर्न निरन्तर छलफल र वार्ता चलिरहेको छ । कतार, अमेरिका र इजिप्टको पहलमा दुई पक्षसँग छलफल भैरहेको बीबीसीले जनाएको छ ।

अमेरिकी शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले इजरायललाई नागरिकको जीवन रक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ । ब्लिन्केन इजरायलको भ्रमणमा हुनुहुन्छ ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । उसले दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलको प्रतिआक्रमणमा झन्डै छ हजार बालबालिकासहित १४ हजार आठ सय जनाभन्दा धेरै मानिस मारिएका गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया