इजरायल–हमासबीच युद्धविराम सकियाे, दक्षिणी गाजामा हवाई आक्रमण शुरु

 मंसिर १५, २०८० शुक्रबार ११:४६:२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्राेही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो ।

इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा धेरै हवाई आक्रमण भएको जनाएको छ । त्यहाँ विस्फोट र गोलीबारीको आवाज सुनिएको छ ।

सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बनाएका दुई सय ४० प्यालेस्टिनी रिहा भएका छन् । अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केनले इजरायललाई नागरिकको जीवन रक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । उसले दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलको प्रतिआक्रमणमा झन्डै छहजार बालबालिकासहित १४ हजार आठ सयभन्दा धेरै मानिस मारिएका गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया