इजरायल–हमासबीच युद्धविराम सकिएपछिको आक्रमणमा गाजामा ३२ जनाको ज्यान गयो

 मंसिर १५, २०८० शुक्रबार १५:३१:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल–हमासबीचको युद्धविराम सकिएपछि शुरु भएको आक्रमणमा ३२ जनाको ज्यान गएको छ ।

इजरायली सेनाले आक्रमण शुरु गरेको तीन घण्टामा ३२ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता पिटर लेर्नरले हमासले आफ्नो वचन पूरा नगरेका कारण अब हमासलाई अन्त्य गरेर बाँकी बन्धक फिर्ता ल्याउन युद्ध शुरु गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयले इजरायली हवाई आक्रमणबाट धेरै क्षेत्र प्रभावित भएको जनाएको छ । युद्धविरामले गाजामा बन्दी बनाइएका एक सय जनाभन्दा बढी रिहा हुन सफल भएका छन् । अझै झण्डै एक सय ४० जना बन्धक रिहा हुन बाँकी छन् । युद्ध पुनः शुरु भएसँगै गाजामा अत्यावश्यक सामग्रीको अभावकाबीच मानवीय सङ्कट शुरु हुने सम्भावना छ ।

युद्धविराम अवधिको अन्तिम समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न सहमत नभएर युद्धविरामको सर्तहरूको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । युद्धविरामलाई थप गर्नेबारे वार्ता जारी नै रहेको बेला पुनः हिंसात्मक युद्ध शुरु भएको हो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया