यूएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन प्रधानमन्त्री प्रचण्डको आग्रह

 मंसिर १५, २०८० शुक्रबार १८:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेपालमा लगानी बढाउन  संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र दुुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीवार दुबईमा आयोजना गरिएको नेपाल यूएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नुभएको हो । 

सम्मेलन यूएईमा रहेकाे नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । यस अवसरमा यूएईका अर्थ राज्यमन्त्री  अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताउनुभयो । उहाँले नेपाल र यूएईबीच सुमधुर सम्बन्ध रहेकाले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउँदै लैजान तयार रहेको विश्वास दिलाउनुभयो । 

फोरममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि यूएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर जुटाउन आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्तालाई नयाँ अवसर सिर्जना भएको बताउनुभयो । नेपालको ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको आकर्षण रहेको जानकारी लगानीकर्तालाई गराइएको थियो । 

आफ्नै आन्तरिक बजार तथा  भारत र बङ्लादेशका क्षेत्रीय बजारमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने जानकारी गराइएको थियो । त्यस्तै, नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, होटल तथा रिसोर्टलगायत पर्यटनसँगसम्बन्धी पूर्वाधारमा पनि लगानीको सम्भावना रहेको विषय फोरममा बताइएको थियो । 

यूएईका लगानीकर्तालाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसनलगायत पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरिएको छ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया