अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतलाई : चौथो खेलमा अस्ट्रेलिया २० रनले पराजित

 मंसिर १६, २०८० शनिबार ६:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । हिजो भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हरायो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा अविजित रहे । ओपनर ट्रविस हेडले ३१ रन जोडे ।

भारतका अक्षर पटेलले ३ र दीपक चाहरले २ विकेट लिए । रवि विश्रोई र आवेश खानले समान एक/एक विकेट लिए । त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतका रिङ्कु सिंहले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।

अस्ट्रेलियाका बेन ड्वाशिुसले ३ तथा जेसन बेहरनडोर्फ र तनवीर सङ्घाले समान २ विकेट लिए । भारतले अस्ट्रेलियालाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हराएको थियो । अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

पाँचौँ तथा अन्तिम खेल भोलि हुनेछ । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया