गाजा क्षेत्रमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १ सय ७८ जनाको ज्यान गयाे

 मंसिर १६, २०८० शनिबार ६:५२:२९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र बनाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ ।

गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो । इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धविरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएका बीबीसीले जनाएको छ ।

इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ । गएको अक्टोबर ७ तारिखदेखि शुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो ।

युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया