आजियटा ग्रुपद्वारा एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री

 मंसिर १६, २०८० शनिबार ७:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ ।

नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडले मलेसियन कम्पनी आजियटाको स्वामित्व खरिद गरेको हो । लन्डनमा वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण शुरु भएको छ ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले हिजो विज्ञप्ति निकालेर पुष्टि गरेको छ । विज्ञप्तिमा आजियटाले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीसम्बन्धी सम्झौता पूरा भएको र एनसेलबाट पूर्ण रूपमा अलग भएको उल्लेख गरेको छ ।

नेपालको विद्यमान व्यावसायिक वातावरण र कर प्रणालीलाई कारण देखाउँदै आजियटाले बाहिरिएको उल्लेख गरेको छ । २०७२ साल पुसमा टेलियासोनेराबाट स्वामित्व खरिद गर्दा एक अर्ब तीन करोड अमेरिकी डलर अर्थात् झण्डै एक खर्ब ४० अर्ब रुपैयाँ तिरेको आजियटाले अहिले भने पाँच करोड अमेरिकी डलर अर्थात् झण्डै ६ अर्ब रुपैयाँमा बिक्री गरेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया