इजरायल र हमासबीचको द्वन्द्वको असर जलवायु शिखर सम्मेलनमा पनि

 मंसिर १६, २०८० शनिबार ११:४५:३३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको द्वन्द्वको असर जलवायु शिखर सम्मेलनमा पनि देखिएको छ । यूएईमा चलिरहेको सम्मेलनमा इजरायलको उपस्थितिलाई लिएर इरानी प्रतिनिधिले विरोध जनाएका छन् ।

जलवायु वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले विरोधमा हिजो आफूहरु सम्मेलनस्थलबाट बाहिरिएको प्रतिक्रिया दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

उहाँले कोप–२८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य र दिशानिर्देश विपरीत’ मानेको र त्यसको विरोधमा सम्मेलनस्थलबाट बाहिरिएको बताउनुभयो । यसअघि अस्ति बिहिवार इरानी राष्ट्रपति इब्राहिम राईसी वार्तामा सहभागी नहुने र मेहराबियनले शिखर सम्मेलनमा भाग लिने भनिएको थियो ।

झण्डै दुई सय देशका प्रतिनिधिहरूलाई कोप २८ मा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्ने प्रयासहरू बढाउन दबाब छ । तर अहिले आठौँ हप्ता पुगेको इजरायल–हमास द्वन्द्वले शिखर सम्मेलनलाई केही छायाँमा पारिरहेको विश्लेषण गरिएको छ ।               

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया