हत्या गरेको आरोपमा श्रीमान श्रीमती पक्राउ

 जेठ २७, २०७५ आइतबार १०:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत –    फलेवास नगरपालिका ३ शंकरपोखरीका ३५ वर्षीय गोपाल सुनारलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । सुनारको हत्या गरेको आरोपमा फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय विनोद कुँवर र उनकी श्रीमती १७ वर्षीय राधिका कुँवरलाई पर्वत प्रहरीले पक्राउ गरेको हो । 

गएको शुक्रबार दिउँसो विनोद कुँवरले मादक पदार्थ सेवन गरी कुटपिट गरी घाइते बनाएका थिए । श्रीमान्लाई बचाउन खोज्दा गोपाल सुनारकी श्रीमती ३३ वर्षीय सरस्वती सुनारसमेत घाइते भएकी थिइन् । 

कुटपिटबाट घाइते भएका दुवैलाई मणिपाल अस्पताल पोखरा लगिएको थियो । उपचारकै क्रममा गोपाल सुनारको शनिबार बिहान ज्यान गएको हो । उनकी श्रीमतीको उपचार भैरहेको छ ।

प्रहरीले दुवै आरोपित दम्पतीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएको र घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया