ईयूको कालोसूचीबाट हट्न नसक्नुमा को जिम्मेवार भन्नेमा प्राधिकरण र निगमबीच आरोप–प्रत्यारोप

 मंसिर १८, २०८० सोमबार ६:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली संघ ईयूको कालोसूचीबाट नेपाल नहटेको विषयलाई लिएर नागरिक उड्डयन प्राधिकरण र वायु सेवा निगमबीच आरोपप्रत्यारोप भएको छ । प्राधिकरणले वायु सेवा निगमको कमजोरीलाई मुख्य कारण मान्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण सोधेको छ ।

त्यसलगत्तै निगमले सार्वजनिकरूपमै प्रतिवाद गर्दै प्राधिकरणकै नियामकीय क्षमतामाथि प्रश्न उठाएको छ । निगमको कमजोरीका कारण ईयूले कालोसूचीबाट नहटाएको भन्ने प्रचार भ्रमपूर्ण रहेको भन्दै निगम व्यवस्थापनले प्रस्टीकरण दिएको छ ।

ईयूले अघिल्लो हप्ता प्राधिकरणका महानिर्देशकलाई सम्बोधन गरी पठाएको पत्रमा नेपाललाई कालोसूचीबाट नहटाउनुको कारण प्राधिकरणकै न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू लागू गर्ने क्षमतामा विश्वस्त हुन नसकिएको स्पष्टसँग उल्लेख गरेको निगमले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया