आज मौसम दिनभर बदली रहने : कोशी प्रदेश र तराईका एक दुई ठाउँमा फाट्टफुट्ट वर्षा

 मंसिर २१, २०८० बिहिबार १२:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज बिहान कोशी प्रदेश र तराईका एक दुई ठाउँमा फाट्टफुट्ट पानी परेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार बिहान यी क्षेत्रका एक दुई ठाउँमा फाट्टफुट्ट पानी परेको हो । अन्य क्षेत्रमा भने बादल लागे पनि पानी परेको छैन ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बिहानैदेखि धुम्म छ । आज दिनभरी नै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको हो ।

केही ठाउँमा घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ । उहाँका अनुसार आज रातिदेखि भने मौसममा क्रमिक सुधार आउने सम्भावना छ । आज भन्दा भोलिको मौसम खुल्ने मौसमविद्को भनाइ छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया