पूर्वी तराईमा बाक्लो हुस्सु, काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झर्यो

 मंसिर २४, २०८० आइतबार ८:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पूर्वी तराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो १, २ बजेपछि मात्रै त्यस क्षेत्रमा लागेको हुस्सु बिस्तारै हट्दै जाने सम्भावना छ । त्यसपछि यी क्षेत्रमा मधुरो घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित अरु क्षेत्रमा लागेको हुस्सु भने बिस्तारै हट्न थालेको छ ।

आज कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । काठमाण्डौको न्यूनतम तापक्रम लगातार घटिरहेको छ । काठमाण्डौको बिहान ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

भोलिको मौसम पनि आजको जस्तै रहने मौसमविद्ले बताएका छन् । तर, पर्सि मङ्गलवार भने वर्षा र बाक्लो हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले पर्सि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

पर्सिदेखि चिसो अझ बढ्ने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्को सुझाव छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया