पहाडका केही ठाउँमा हल्का वर्षाको सम्भावना, यसपालि हिउँदमा औसतभन्दा धेरै पानी पर्ने

 मंसिर २६, २०८० मंगलबार ७:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु केहीबेर पछि हट्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । तर, पश्चिमी वायुको प्रभाव रहेकाले मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने नभएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केहीबेर घाम र केहीबेर बादल लाग्ने क्रम चलिरहने छ ।

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान पनि गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको अनुमान छ । यसैबीच, बाक्लो हुस्सु कुहिरोका कारण पूर्वी तराईको जनजीवन प्रभावित हुन थालेको छ । केही दिनयता विराटनगर, जनकपुरलगायत क्षेत्रमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हुस्सु कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले त्यस क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद् लामिछानेले बताउनुभयो । मंसिर महिनाको अन्तिमतिर आएसँगै देशभर चिसो बढेको छ ।

यसैबीच, यसपालिको हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपालिको हिउँदमा औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरेको हो ।  हिउँदमा ६० दशमलव १ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत वर्षा मानिन्छ ।  यसपालि योभन्दा धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा डिसेम्बर १ तारिखदेखि फेब्रुअरी २८ तारिखसम्मको तीन महिनाको अवधिलाई हिउँदयाम मानिन्छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया