आज पनि मौसम बदली : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

 मंसिर २७, २०८० बुधबार ७:५८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । दिनभर पनि मौसम बदली हुने र मौसमको यो अवस्था अझै केही दिन रहने मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । केही दिन यता लगातार मौसम बद्ली भइरहेको छ । हिउँदयामको यो बेला पश्चिमी वायुको प्रभाव धेरै रहने भएकाले मौसम बद्ली हुने प्रक्रिया खासै नौलो नभएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु, कुहिरो केहीबेर पछि हटेर घाम लाग्ने छ । तर, घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो  । आज पनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको उहाँको भनाइ छ । यस्तै, तराईका जिल्लामा भने दिउँसो पछि मात्रै हुस्सु हट्ने मौसमविद् पुडासैनीले बताउनुभयो।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया