निकोलस म्याथ्यूले पाए प्रतिष्ठित गोन्कर्ट साहित्य पुरस्कार

 कात्तिक २३, २०७५ शुक्रबार १६:४३:२ | रासस
unn.prixa.net

निकोलस म्याथ्यूको उदासी किशोरको कथालाई फ्रान्सको प्रतिष्ठित प्रिक्स गोन्कर्ट साहित्य पुरस्कारद्वारा हालै सम्मानित गरिएको छ । 

उनको दोस्रो उपन्यास ‘दिअर चिल्ड्रेन आफ्टर देम’ नामक उपन्यासमा १९९५ पछिको फ्रान्सको औद्योगिक मन्दी र किशोर लोभ लालचको चित्रण गरिएको छ । 
‘कृतिका लागि मैले आफैलाई १८ महिनासम्म एउटा बन्द कोठामा सीमित गरेको थिएँ’ चालिस वर्षीय पूर्व पत्रकार म्याथ्यु बताउँछन् । 

एक उराठ औद्योगिक नगरबाट छुटकारा पाउने तीव्र आकाङ्क्षा बोकेका किशोरहरूका चार वर्षको समयावधिलाई उपन्यासमा चित्रण गरिएको छ । 
भोगेको संसारलाई पुस्तकमा उतार्न भरमग्दुर प्रयास गरेको म्याथुले बताए । 

दश यूरोको सामान्य राशी भएको गोन्कर्ट साहित्य पुरस्कार प्राप्त गर्ने साहित्यकार एकाएक चर्चाको शिखरमा पुग्ने र कृतिले ठूलो व्यापार गर्न सफल हुन्छन् । सन् २०१४ मा म्याथ्युको पहिलो उपन्यास ‘एक्स एनेमक्स ला गेरे’ प्रकाशित भएको थियो । 

त्यस उपन्यासमा पनि उनले विश्व व्यापारीकरणले फ्रान्सको एक शहरमा पारेको नकारात्मक प्रभाव चित्रण गरेका थिए । 

चालिस वर्ष पुगिसक्दा दोस्रो उपन्यास कोट्याउँदै उनले रमाइलो पारामा भने, ‘मैले आफूले के लेख्न सक्छु भन्ने थाहा पाउन नै मलाई लामो समय लाग्यो ।’ आफ्नो धीमा गतिकै कारणले आफूले सबैकुरा राम्रोसँग अवलोकन र चित्रण गर्नसकेको उनले बताए ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया