हुस्सु कुहिरो लागेका बेला यात्रामा निस्कँदा या मर्निङवाक गर्दा सावधानी अपनाउन सुझाव

 मंसिर २९, २०८० शुक्रबार ८:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बिहान हुस्सु कुहिरो लाग्न थालेकाले यात्रा गर्दा वा मर्निङवाक गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । केही दिनयता काठमाण्डाैसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्न थालेको छ ।

हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी घट्ने र यस्तोबेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद् सञ्जीव अधिकारीको सुझाव छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले हिजोअस्तिको जस्तै हुस्सु कुहिरो लागेको छ ।

काठमाण्डौसहित पहाडी क्षेत्रमा केही समयपछि हुस्सु कुहिरो हटेर घाम लाग्ने अनुमान छ । तर, आज पनि मौसम पूरै खुल्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताउनुभयो । पानी पर्ने सम्भावना नभए पनि दिउँसो बादल लाग्ने उहाँले बताउनुभयो । पहाडी क्षेत्रको मौसम  दिउँसो आंशिक बदली हुनेछ । यस्तै, तराईमा भने दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने मौसमविद्ले बताएका छन् ।

हुस्सु कुहिरो लागेका बेला तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ । यस्तै, मोटरसाइकल तथा साइकल चलाउँदा टल्कने खालको ज्याकेट लगाउन र पैदल यात्रुलाई कानमा इयर फोन लगाएर नहिँड्न ट्राफिक प्रहरीले सुझाव दिएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया