काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली : पानी नपर्ने

 मंसिर ३०, २०८० शनिबार ७:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बदली र अरु ठाउँमा मौसम सामान्यतया सफा नै छ । मौसम बदली भएका ठाउँमा पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । बादल लागेका कारण हिजो बिहानको तुलनामा आज न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री बढेको मौसमविद् लामिछानेले बताउनुभयो ।

हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री रहेको थियो । बिहान/बेलुका चिसो छ । चिसोबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया