गणेशमान सिंहको १०३ औं जन्मजयन्ती मनाइँदै

 कात्तिक २४, २०७५ शनिबार १०:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्ती शनिबार मनाइँदैछ ।

राणा शासनको अन्त्यका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंह प्रजातन्त्रको पुनर्वहालीका लागि २०४६ सालमा भएको जनआन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । उहाँ २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार गठन तथा २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको कू पछि पनि विपी कोइरालासँगै हुनुहुन्थ्यो ।

विपरित धारमा रहेका कम्युनिष्टहरुसँग कार्यगत एकता गर्दै २०४६ सालको आन्दोलनको नेतृत्व गर्नुभएका गणेशमान सिंहलाई सर्वमान्य नेता र लौह पुरुषका रुपमा पनि चिनिन्छ । १९७२ साल कात्तिक २४ गते काठमाडौको चाक्सिबारीमा जन्मिएका गणेशमान सिंहको निधन २०५४ असोज २ गते भएको थियो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया